ad ad

सुदूरपश्चिम


बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १७:१२, बैतडी

वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ। यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ।

विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए।

उनले भने, ‘बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ। चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ।’

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको जानकारी दिए।

उनले भने, ‘लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब मुख्य फेडरबाट लाइन चलिरहेको छैन। लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ।’

यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका छ जिल्ला रेड जोडमा राखेको छ।

लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन्।

उनले भने, ‘यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ। सबैलाई सतर्कता अपनाउन आग्रह छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .