ad ad

सुदूरपश्चिम


बझाङ पहिरो : सुतिरहेका १० मध्ये ६ जनाले भागेर ज्यान जोगाए

बझाङ पहिरो : सुतिरहेका १० मध्ये ६ जनाले भागेर ज्यान जोगाए

घटनास्थल


गोकुल जोशी
भदौ ३, २०८१ सोमबार ९:२४, कञ्चनपुर

बझाङमा आइतबार मध्यराति घरमै खसेको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने ६ जनाले भागेर ज्यान जोगाएका छन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राति १ बजेतिर बुङ्गल नगरपालिका–१० को टुमेडास्थित वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो। 

जसमा परी धामीकी श्रीमती ५५ वर्षीया काले धामी, बुहारी २५ वर्षीया गोल्के धामी, नातिनी ६ वर्षीया आकृति र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको हो। 

तर त्यही घरमा सुतेका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका छन्। वीरबहादुरको घरमा जम्मा १० जना सुतिरहेका थिए। तीमध्ये एक जना पाहुना हुन्।

तीमध्ये पहिरो खस्दा ६ जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। उनीहरू सामान्य घाइते भएका छन्। 

घरमूली वीरबहादुर धामी, उनका १६ वर्षीया छोरी कमला धामी, ३० वर्षीय छोरा उज्वल धामी, १० वर्षीय नाति रोशन धामी र २० वर्षीया बुहारी शान्ति धामीले भागेर ज्यान जोगाएका हुन्। पाहुना आएका बुङ्गल नगरपालिका–९ का ७१ वर्षीय अम्बादत्त जोशीले पनि भागेर ज्यान जोगाएका छन्। सामान्य घाइते उनीहरूलाई अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

राति १ बजे घटना भए पनि प्रहरीलाई पौने ३ बजेतिर जानकारी आएको थियो।

त्यसपछि अस्थायी प्रहरी पोस्ट पुतली लेक र इलाका प्रहरी कार्यालय बुङ्गल नगरपालिकाबाट टोली घटनास्थल गएको थियो। 

स्थानीय र सुरक्षाकर्मीले उद्धार र खोजतलास गरेका थिए।

बिहान ७ बजे घरभित्र च्यापिएका ४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। पहिरोले ५ वटा बाख्रा पनि च्यापिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .