ad ad

सुदूरपश्चिम


बस्तीमा पसेको चितुवा खोज्न हात्ती परिचालन, फेला नपर्दा स्थानीय त्रसित

बस्तीमा पसेको चितुवा खोज्न हात्ती परिचालन, फेला नपर्दा स्थानीय त्रसित

गोकुल जोशी
भदौ २, २०८१ आइतबार २०:२८, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला बस्तीमा पसेको चितुवा दोस्रो दिन पनि नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित छन्।

बस्तीमा देखिएपछि नजिकै झाडीमा पसेको चितुवाको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती परिचालन गरिएका छन्।

आइतबार दोस्रो दिन बिहानैदेखि चितुवाको खोजी सुरु गरिएपनि फेला पार्न सकिएको छैन।

‘हिजो (शनिबार) दुई पटक देखिएको थियो। आज त चितुवा देखिएन,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले भने, ‘हात्ती र प्राविधिक सबै चितुवाको खोजीमा छन्।’

चितुवा नियन्त्रणमा लिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका २ हात्तीसँगै डिभिजन वन कार्यालय, निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरू चितुवाको खोजीमा खटिएका छन्।

चितुवा राति भागेर प्राकृतिक वासस्थानमा गएको हुनसक्ने आशंका छ। तथापी आइतबार दोस्रो दिन पनि चितुवाको खोजी गरिएको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आइतबार थप दुई हात्ती ल्याइएको थियो। चार हात्तीले खोजी गर्दा आइतबार चितुवा नभेटिएको हो। अहिले दुई हात्ती फिर्ता पठाइएको र दुई हात्ती सहित सुरक्षाकर्मीले पहरा दिइरहेका छन्।

शनिबार बिहान भुजेला खोला छेउको धान खेतमा चितुवा देखिएको थियो। त्यसपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिन ३ वटा खोर र ती खोरमा बाख्रा समेत राखेको थियो।

तर चितुवा खोरमा गएन। अझै ती खोर चितुवा लुकेको झाडीनजिकै यथावत् राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .