ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा नयाँ सरकार गठन आह्वान, आइतबार ५ बजेसम्म दाबी पेस गर्नुपर्ने

सुदूरपश्चिममा नयाँ सरकार गठन आह्वान, आइतबार ५ बजेसम्म दाबी पेस गर्नुपर्ने

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १९:३, काठमाडौँ

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको छ।

प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका आह्वान गर्दै आइतबार ५ बजेसम्म दाबी पेस गर्न समय दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी गरेको वक्तव्यमा उल्लेख छ।

विज्ञप्तिमा लेखिएको छ, ‘माननीय प्रदेश प्रमुख नजिर मियाँज्यू समक्ष माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१।०४।१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि मिति २०८१।०४।२० गते आइतवार बेलुका ५:०० बजे भित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ।’

सोडारीले शुक्रबार प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने भने पनि बहुमत नपाउने निश्चित भएपछि राजीनामा दिएका थिए।

सोडारी गत वैशाख ६ गते एमाले, माओवादीलगायत दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

अब नयाँ गठबन्धनअनुरूप नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी छ। एमालेले समर्थन र सहभागिता जनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .