ad ad

सुदूरपश्चिम


पहिरोले सुदूर पहाडमा सडक अवरुद्ध, अविरल वर्षाले बाटो खुलाउन कठिनाइ

यात्रुलाई सास्ती, पानीसँगै पन्छ्याइँदै पहिरो
पहिरोले सुदूर पहाडमा सडक अवरुद्ध, अविरल वर्षाले बाटो खुलाउन कठिनाइ

गोकुल जोशी
असार २३, २०८१ आइतबार १६:३५, कञ्चनपुर

अविरल वर्षासँगै पहिरो खस्दा सुदूरपश्चिमको पहाडी भेगमा विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा पहिरोले सडक अवरुद्ध भएको छ।

आइतबार दिउँसो १ बजेदेखि सडकमा पहिरो खस्दा आवतजावत रोकिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।

सोही सडक खण्ड भएर सुदूर पहाडका ७ जिल्लाका लागि गाडी जाने गर्छन्। सडक अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन्। यात्रुहरुले बिच बाटोमा रोकिएर सास्ती भोगिरहेका छन्। 

वर्षाकैबीच साहुखर्कमा सडकमा खसेको पहिरो पन्छ्याउने क्रम जारी छ। तर लगातार पानी परिरहेकाले पहिरो पन्छ्याउन कठिनाइ भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–७ तमैलमा पहिरो खस्दा सडक अवरुद्ध छ। बैतडीको पाटन नगरपालिका–८ सामिघाटमा पनि आइतबार बिहानदेखि पहिरोले खाड्पे–बझाङ सडकखण्ड सुचारु हुन सकेको छैन।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा खोलामा पहिरोले सडक अवरुद्ध बनेको थियो। पहिरो पन्छ्याएर अहिले त्यहाँ एकतर्फ आवागन सुचारु गरिएको छ।

डडेल्धुराको आलीताल गाउँपालिका–८ मा पहिरो खस्दा बुडर–जोगबूढा सडक खण्डमा यातायात सञ्चालन पूर्ण रुपमा ठप्प छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .