सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका हुन्।
नाउपाका ६ सहित नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र १० र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थन रहेको उनको दाबीपत्रमा उल्लेख छ।
नाउपामा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठनिकट कैलाशको पक्षमा नाउपाका २ सांसद छन्। ७ प्रदेश सांसद रहेको नाउपाभित्र रेशमको पक्षमा ५ सांसद थिए। रेशमनिकट इन्द्रिरा गिरीमाथि रञ्जिताले कारबाही गरेपछि पदमुक्त भइसकेकी छन्।
उता रेशमनिकट ४ सांसदले कांग्रेस, एकीकृत समाजवादी र राप्रपासँग मिलेर बेग्लै समीकरण दाबी गरेका छन्।
नाउपाको रेशम समूहले मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीलाई अघि सारेको छ। लक्ष्मणकिशोरले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थन छ।
सत्तारुढ गठबन्धनमा भएको सहमतिविपरीत नेकपा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नाउपाकै लक्ष्मणकिशोरलाई समर्थन गरेको छ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा दुई पद रिक्त हुँदा सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ। सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका रेशम चौधरी पक्षका ४ र राप्रपाका १ जना सांसद छन्।
सत्ता गठबन्धनको पक्षबाट नेकपा माओवादी केन्द्र सभामुखसहित ११, नेकपा एमाले १०, नाउपा ६ (२ रञ्जिता) र स्वतन्त्र सांसद सांसदसहित दाबी गरिएको हो।
प्रदेश प्रमुख नजिर मियाँले दुई पक्षको दाबी आएकाले कानुनी परामर्शपछि निर्णय लिने बताए।
Shares
प्रतिक्रिया