कञ्चनपुरमा जुवा खेलिरहेका ५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं. १ बाट ५ जुवाडे पक्राउ परेका हुन।
उनीहरुलाई प्रहरीले शुक्रबार राति महेन्द्रनगरको ओम नास्ता पसलबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट ४४ हजार ९४ रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ।
21
Shares
प्रतिक्रिया