नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका हुन। एमाले सुदूरपश्चिमको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
निर्वाचन प्रक्रिया लम्ब्याएर नेताहरु सर्वसम्मत नेतृत्व छान्न आकांक्षीबीच सहमति जुटाउने अन्तिम कसरतमा छन्।
तिमिल्सिनाले एमाले सुदूरपश्चिमको अध्यक्षमा कृष्णप्रसाद जैशीलाई समर्थन गरेका छन्। जैसी एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले अघि सारेका उम्मेदवार हुन्।
तिमिल्सिनालाई केन्द्रीय सदस्य बनाउने आश्वासनपछि उनी प्रदेश अध्यक्षको दौडबाट बाहिरिएका हुन।
अध्यक्षका दाबेदार अछामका भरत साउँद र कञ्चनपुरका वचनबहादुर सिंहको उम्मेदवार कायमै छ। साउद एमाले नेता भीम रावल निकट मानिन्छन्। सिंहलाई एमाले केन्द्रीय सचिव लेखराज भट्ट समूूहले अघि सारेका हो।
एमाले सुदूरपश्चिम अध्यक्ष जैशीलाई बनाउने गरी सहमति गराउन नेताहरु छलफलमा व्यस्त छन्।
Shares
प्रतिक्रिया