दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलिनमा हिमपहिरो पुरिएकाको उद्धारका लागि गएको टोली फर्किएको छ।
हिमपातले उद्धार कार्य कठिन भएपछि टोली छाङरुको गागा झर्न लागेको हो।
‘निरन्तर हिमपात छ, घटनास्थलमा जान सकिने अवस्था छैन,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘अहिले राति पनि भयो, हामी गाँगा झर्दैछौँ।’
प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ४ पुरुष र एक महिला बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरुमा डोटीको बुडर र व्याँस गाउँपालिका हुन। तर उनीहरुको परिचय भने खुलेको छैन।
उद्दारका लागि सशस्त्र प्रहरीका डीएसपी इश्वरी भट्ट नेतृत्वको टोली र जनपथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। यार्सागुम्बा संकलन गर्न गएका १२ जनामध्ये ५ जना मानिस हिम पहिरोमा परेका हुन।
यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किनेक्रममा हिमपहिरोमा परेको थिए।
यार्सागुम्बा संकलन गर्न गएका अन्य ७ जना भने सकुशल रहेको उद्दारका लागि पुगेको टोलीले खबर गरेको प्रहरीले जनाएको छ।
यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेका थिए। सुरक्षाकर्मीहरु उद्धारका लागि दुई/तीन घण्टा लगाएर त्यहाँ पुगेका थिए।
टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाने गर्छन। फर्किदा दुर्घटनामा परेका थिए। व्याँस गाउँपालिकाको छाङरु र तिंकरलगायतका स्थानहरुमा तीन दिनदेखि हिमपात भइरहेको छ।
Shares
प्रतिक्रिया