दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरो परेर ५ जना बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ४ पुरुष र एक महिला बेपत्ता भएका हुन्।
उद्दारका लागि सशस्त्र प्रहरीका डीएसपी इश्वरी भट्ट नेतृत्वको टोली र जनपथ प्रहरीको टोली घटनास्थलमा पुगेको छ। यार्सागुम्बा संकलन गर्न गएका १२ जनामध्ये ५ जना मानिस हिम पहिरोमा परेका छन्।
यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किनेक्रममा हिमपहिरोमा परेको थिए।
यार्सागुम्बा संकलन गर्न गएका अन्य ७ जना भने सकुशल रहेको उद्दारका लागि पुगेको टोलीले खबर गरेको प्रहरीले जनाएको छ।
39
Shares
प्रतिक्रिया