ad ad

सुदूरपश्चिम


बाजुरामा भूकम्पले भत्किए २३ घर

बाजुरामा भूकम्पले भत्किए २३ घर

फाइल फाेटाे


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १९:४८, बाजुरा

बाजुरामा शुक्रबार राति गएको भूकम्पका कारण हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ। गौमूल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति १ बजेर ३० मिनेट जाँदा गएको ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्ण रुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए। 

उनका अनुसार उक्त वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर बुढा र सौरमल रोकायाको घरमा क्षति पुगेको छ। यस्तै वासु रोकाया, सुरेन्द्र बुढा, दुवलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द्र बुुढा, जग्गी बोहरा, साइमल बोहराको घरमा क्षति पुगेको छ। 

सोही वडाका सुर्ज बोहरा, जस थापा, भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, वाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का, गोल्लाल खड्कालगायतको घरमा क्षति भएकोे गाउँपालिकाका प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ। क्षतिको विवरण सङ्कलनका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .