ad ad

सुदूरपश्चिम


बैतडी दुर्घटना : पोष्टमार्टमका लागि शव अस्पतालमा, चालक अझै फरार

बैतडी दुर्घटना : पोष्टमार्टमका लागि शव अस्पतालमा, चालक अझै फरार

नेपालखबर
चैत २९, २०७९ बुधबार १७:२७, कञ्चनपुर

बैतडीको पाटन नगरपालिका–८ झौलेकमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ।

बझाङको वित्थडचिर गाउँपालिका–४ स्थित देउलेख स्वास्थ्य चौकीमा पोष्टमार्टमका लागि शव लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

‘पोष्टमार्टमका लागि शव अस्पताल लगिएको छ, चालक अझै सम्पर्कमा आएका छैनन्,’ उनले भने। गाडी धनी र चालक सम्पर्कमा नआएको भन्दै पीडित परिवारले सुरुमा शव पोष्टमार्टमका लागि लैजान दिएका थिएनन्। विरोधमा केही समय सडक अवरोध समेत गरेका थिए। 

शव पोष्टमार्टमका लागि पठाइएको र सडक पनि सुचारु भएको प्रहरीले जनाएको छ। जिप चालक बझाङको केदारस्युँ गाउँपालिका–५ का अर्जुन बोहरा फरार छन्।

‘गाडी धनी पनि पुग्दैछन्, पोष्टमार्टम गर्न पीडित परिवार सहमत भए, गाडी धनी पुगेपछि छलफल गरेर उहाँहरुको माग सम्बोधन हुन्छ,’ केदारस्युँ गाउँपालिका–५ का अध्यक्ष मोहन ठगुन्नाले भने।

मंगलबार राति भारतमा मजदुरी गरेर बिसुका लागि फर्किरहेका बझाङको केदारस्युँ गाउँपालिका–५ बाझ र चौडीका ११ जना मजदुर सवार जिप झौलेकमा दुर्घटना भएको थियो। 

झौलेकमै बिलायो घर पुगेर बिसु मनाउने योजना

जसमा ६ जना यात्रुले ज्यान गुमाएका थिए भने चालक सहित ६ जनाले जिपबाट हाम फालेर ज्यान जोगाएका थिए। झौलेकको मोडमा पछाडि आएको जिप सडकबाट ५ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .