बैतडीमा जिप दुर्घटना हुँदा एकै ठाउँका ६ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति पाटन नगरपालिका-८ झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय (बैतडी) का प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार खोड्पेबाट बझाङतर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप सडकबाट पाँच सय मिटर तल खसेको हो।
दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका-५ का मने बोहरा, गोरख बोहरा, नरे बोहरा, बिर्ख बोहरा, मान बहादुर धामी र बिरे बोहराको मृत्यु भएको छ।
‘दुर्घटनाको कारण खुलेको छैन, जिपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान जोगाएका छन्’, प्रहरी निरीक्षक खत्रीले भने, ‘उहाँहरु सकुशल हुनुहुन्छ।’
जिपमा चालकसहित १२ जना सवार थिए। चालक दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।
जिपमा सवार अधिकांश नयाँ वर्ष (विसु) मनाउन भारतमा मजदुरी गरेर घर फर्किरहेका रहेका थिए।
Shares
प्रतिक्रिया