कैलालीमा अज्ञात समूहले चलाएको गोली लागेर सुनचाँदी व्यवसायी घाइते भएका छन्।
गोदावरी नगरपालिकाको अत्तरियामा गोली चलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घटनामा दुई जना सामान्य घाइते भएको एसएसपी भोलाबहादुर रावलले बताए।
आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम घाइते भएका हुन्। उनीसँगै रहेका अर्का एक जना पनि घाइते भएको प्रहरीले बताएको छ।
गोली चलाउनेको पहिचान खुलेको छैन। प्रहरी उनीहरुको खोजीमा जुटेको रावलले बताए।
180
Shares
प्रतिक्रिया