दार्चुलास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलको नाका प्रहरीले खुलाएको छ। ढुंगा हानाहानपछि बन्द गरिएको नाका खोलिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।
नाका खुलेपछि महाकाली वारिपारि दुवै देशतर्फ फसेका यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।
विवादले पुल बन्द हुँदा नेपालको दार्चुला र भारतको धार्चुला बजारतर्फ गएका यात्रु फसेका थिए।
महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकहरुले आइतबार पनि विरोध गरेका थिए।
विरोध गरिरहेकाहरुमाथि भारततर्फबाट ढुंगा प्रहार गरेका थिए। दुवैतर्फबाट भएको ढुंगा हानाहानमा चार जना नेपाली सामान्य घाइते भएका छन्। भारतीय नागरिकले वारि ढुंगा हानेपछि नेपालीहरुले पनि प्रतिकार गरेका थिए।
विरोधमा उनीहरुले नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा आवतजावत बन्द गरिदिएका थिए। प्रहरीले सामान्य बल प्रयोग गरी पुल खुलाएको जनाएको छ।
दार्चुला सीमामा तनाव : वारि–पारि ढुंगा हानाहान, चार नेपाली घाइते
Shares
प्रतिक्रिया