नेपाली कांग्रेस कञ्चनपुर संघीय निर्वाचन क्षेत्र नम्बर ३ ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जनालाई पार्टीबाट निष्काशित गरेको छ।
पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिने पाँच जना नेता र उनीहरुका प्रस्तावक समर्थकलाई समेत कांग्रेसले कारबाही गरेको क्षेत्रीय सभापति केशव बहादुर चन्दले बताए।
उनका अनुसार बागी उम्मेदवारी दिने दीपक बहादुर सिंह, शारदा चन्द, पिताम्बर जोशी, गोपाल बुढापाल, दुर्गादत्त पाण्डेयलाई कांग्रेसले कारबाही गरेको हो।
सत्ता गठबन्धनबाट क्षेत्र नम्बर ३ मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक उम्मेदवार छन्। सिंह र चन्दले लेखकविरुद्ध बागी उम्मेदवारी दिएका थिए।
क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) मा माओवादी केन्द्रका टेकेन्द्र भट्ट उम्मेदवार छन्। उनीविरुद्ध पिताम्बर जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
Shares
प्रतिक्रिया