ad ad

सुदूरपश्चिम


महाकाली नदीमा डुबेर दुई किशोरी बेपत्ता

महाकाली नदीमा डुबेर दुई किशोरी बेपत्ता

फाइल फोटाे


गोकुल जोशी
साउन २७, २०७९ शुक्रबार २०:५२, महेन्द्रनगर

बैतडीस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर दुई किशोरी बेपत्ता भएका छन्।

नदीमा नुहाउन गएका दशरथचन्द नगरपालिका–८ की १५ वर्षीया कविता टमाटा र सोही ठाउँकी १४ वर्षीया संगिता टमाटा बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार शुक्रबार दिउँसो करिब २ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा उनीहरु बगेका थिए। सँगै गएकी अर्की किशोरीले घटनाबारे बताएपछि प्रहरी खोजी कार्यमा लागेको छ।

‘साँझ ७ बजे मात्र जानकारी पायौँ, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजीमा जुटेको छ,’ प्रहरी निरीक्षक जोशीले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .