फिफा विश्वकप फुटबलअन्तर्गत आइतवार राति भएको फाइनलमा साविक विजेता फ्रान्स अर्जेन्टिनासँग पराजित भयो।
उपाधि दोस्रो पटक घर लैजाने फ्रान्सको योजना अर्जेन्टिनाले तुहाइदियो। अर्जेन्टिनाले ३६ वर्षपछि विश्कप जित्दा उसका कप्ता लियोनेल मेस्सी सर्वकालीन महान् फुटबलरमा दरिए।
टाई ब्रेकरबाट उपाधिको छिनोफानो हुँदा कतारको लुसैन स्टेडियममा हार-जीतको अलग अलग रंग देखियो।
विजेता अर्जेन्टिनाका खेलाडी ३६ वर्षपछि घर फर्किएको खुसी मनाउन व्यस्त रहँदा फ्रान्सको टिममा उदासी छाएको थियो।
अर्जेन्टिनी खेलाडीहरुले हर्षका आँसु झारिरहँदा फ्रान्स खेलाडीहरुले उपाधि रक्षामा असफल भएको पींडा आँसुमै पोखिरहेका थिए।
हारको पीडाले फ्रान्सका चर्चित स्ट्राइकर किलियन एमबाप्पे मैदानमै बस्न पुगे। उनलाई उदास र भावुक देखेपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोन मैदानमै पुगे। मैदानमै झरेर उनले एम्बाप्पेलाई सम्हाल्दै अंगालो हाले।
मैक्रोन फाइनल खेल हेर्न फ्रान्सबाट कतार पुगेका थिए। एम्बाप्पेलाई मैदानमै सम्हालेका उनले ड्रेसिङ रूममा पुगेर २० मिनेटसम्म सान्तवना दिँदै कुरा गरे।
उनले त्यहाँ पुगेर राम्रो खेलेको भन्दै खेलाडीहरुको प्रशंसा गरे। उता अर्जेन्टिनाका खेलाडीहरुले ड्रेसिङ रूममा खुलेर खुसियाली मनाए।
मेसी विश्कपको ट्रफीसहित टेबलमा चढेर नाचिरहे। उनको यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा फ्रान्सलाई हराएर नयाँ विश्वविजेता बनेको छ।
उसले आइतवार मध्यराति सन् २०१८ को विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हरयो।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि ३-३ को बराबरीपछि पेनल्टी सुटआउटबाट निर्णय लिइएको थियो। जसमा बाजी मार्दै अर्जेन्टिना ३६ वर्षपछि विश्व च्याम्पियन भयो।
Shares
प्रतिक्रिया