विश्वकप फुटबलमा आजबाट दोस्रो चरणका खेल सुरु हुँदैछन्। अहिले पौने ४ बजे वेल्स र इरान भिड्दैछन्। यसअघि पहिलो खेलमा वेल्स र अमेरिकाले बराबरी खेलेका थिए।
इरान इङ्ल्याण्डसँग पराति भएको थियो। आजको खेलमा पराजित भए एक खेल अघि नै इरानको विश्वकप यात्रा समूहबाटै टुंगिने निश्चित हुने छ। तर जिते पनि वेल्सको अघिल्लो यात्रा भने निश्चित हुने छैन।
यहि समूहका दुई टोली अमेरिका र इङ्ल्याण्ड मध्यराति १२ः४५ बजे भिड्ने छन्। आजको खेल जिते अन्तिम खेल अघि नै इङ्ल्याण्डको भने अघिल्लो चरण पक्का हुने छ।
39
Shares
प्रतिक्रिया