ad ad

खेल


फिफा विश्वकप : समर्थकको व्यवहारका कारण इक्वेडरले कारबाही सामना गर्नुपर्ने

फिफा विश्वकप : समर्थकको व्यवहारका कारण इक्वेडरले कारबाही सामना गर्नुपर्ने

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १८:५९, काठमाडौँ

घरेलु टोली कतारविरुद्धको खेलमा आफ्ना समर्थकको व्यवहारका कारण इक्वेडरले फिफाको कारबाहीको सामना गर्नुपर्ने भएको छ।

समुह ए को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० ले पराजित गर्दै विश्वकपको यात्रा सुरु गरेको थियो। खेलपछि इक्वेडरका समर्थकका व्यवहारका कारण फिफाको अनुशासन समितिले इक्वेडरलाई कारबाही गर्ने भएको हो। 

फिफाको अनुशासन संहिताको धारा १३ अनुसार इक्वेडरलाई बन्द ढोकामा खेल्न वा निश्चित 
स्थानमा प्रतिबन्ध लगाउन सक्नेछ। 

विश्वकपअघि डिफेन्डर बायरन कास्टिलोको योग्यतालाई लिएर चिलीले अपिल गरेपछि इक्वेडरले यो महिनाको सुरुवातमा विश्वकप खेल्न अनुमति दिएको थियो। 

चिलि र पेरुले इक्वेडरको छनोट खेलमा क्यास्टिलोको संलग्नतालाई दिएर फिफामा अपिल गरेका थिए। चिलि र पेरुले क्यास्टिलो कोलम्बियाली भएको र उनको उमेर झुटो भएको दावी गरेका थिए। 

गत जुनमा फिफाले क्यास्टिलोलाई इक्वेडरका लागि अन्तराष्ट्रिय खेल खेल्न योग्य रहेको फैसला सुनाएको थियो। इक्वेडरको समुह चरणको दोस्रो खेलमा शुक्रबार नेदरल्याण्डस्सँग खेल्दैछ। खेल खालिफा स्टेडियममा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .