बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले समूह एफ अन्तर्गत बुधबार मध्यराति हुने क्यानडासँगको खेल गुमाउने भएका छन्।
तिघ्राको चोटको कारण उनले कतार विश्वकपको पहिलो खेल गुमाउन लागेको बीबीसीले उल्लेख गरेको छ।
टोलीका अन्य केही खेलाडी पनि चोटको कारण विश्वकपमा खेल्ने वा नखेल्ने भन्ने आशंका बढिरहेको बेला लुकाकुले पहिलो खेल गुमाउने पक्का भएको हो।
बेल्जियमको टोलीका थोमस मेउनियरले पनि बुधबार मध्यराति हुने खेल खेल्ने वा नखेल्ने स्पष्ट छैन। उनी गत महिनादेखि चोटबाट गुज्रिरहेका छन्। त्यस्तै जान भेर्टोगेन पनि चोटग्रस्त छन्।
क्यानडाले भने आफ्ना महतवपूर्ण खेलाडीहरु बुधबार हुने खेलका लागि तयार रहेको बताएको छ। बेल्जियम समूह एफको सबैभन्दा बलियो टोली हो।
क्यानडालाई भने समूहको कमजोर टोलीको रुपमा हेरिएको छ। यद्यपि बेल्जियमका मुख्य खेलाडी मैदानबाहिर रहनुले भने क्यानडालाई केही राहत मिल्न सक्छ।
प्रतिक्रिया