विश्वकप फुटबल अन्तर्गत समुह बी को पहिलो खेल इङल्याण्ड र इरान बीच सुरु भएको छ। खालिफा अन्तर्राष्ट्रिय मैदानमा दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रेका छन्।
सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको इङल्याण्ड इरानलाई हराउँदै सानदार सुरुवात गर्न चाहान्छ। यो पटकको विश्वपकमा उपाधि दाबेदारको रुपमा हेरिएको इङल्याण्डले सन् १९६६ यता कुनै महत्वपूर्ण ट्रफी उचालेको छैन।
इङल्याण्ड टोटनह्यामका प्रमुख स्ट्राइकर ह्यारी केनको कप्तानीमा मैदान उत्रदैछ। फरवार्डमा चेल्सीका रहिम स्ट्रलिङ र म्यानचेस्टर युनाइटेडका बुकाको साका पनि पहिलो रोजाइमा परेका छन्। केन २०१८ को गोल्डेन बुट विजेता हुन्।
उता इरान एहसान हजसाफीको कप्तानीमा मैदान उत्रिदैछ। इरान पनि बलियो प्रतिद्धन्दी इङल्याण्डलाई स्तब्ध पार्दै विजयी सुरुवात गर्ने योजनामा छ। इरान एसियाबाट लगातार तेस्रोपटक विश्वकपमा छनोट भएको हो।
उसले यो विश्वकपका लागि ८ जित र एउटामात्र हार व्यहोरेको थियो।
इरानले अलिरेजा बेइरानभान्ड, साडेग मोहरामी, एहसान हजसाफी, मिलाद मोहम्मदी, अलिरेजा जहानबख्श, मोर्तेजा पोउरालीगञ्जी, मेहदी तारेमी, रोउज्वेह चेस्मी, अलि करिमी, माजिद होस्सेन र अहमद नोरोलाल्हीलाई प्रशिक्षक कार्लोस क्युरियोजले पहिलो रोाजाइमा मैदान उतारेका छन्।
इङल्याण्डले जमेर्डन पपिकफोर्ड, लुक श, डिक्लान राइस, जोन स्टोनिस, ह्यारी म्यागुइरे, ह्यारी केन, रहिम स्र्टलिङ, केरियन ट्रिपर, बुकाको साका, मासोन माउण्ठ, जुडे बिलिङघम प्रशिक्षक ग्यारेथ साउथगेटको रोजाइमा सुरुवातमा परेका छन्।
Shares
प्रतिक्रिया