हङकङमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ।
शनिबार जारी खेलमा हङकङले नेपाललाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ।
उक्त लक्ष्य पछ्याउनेक्रममा नेपालले दोस्रो विकेट गुमाएको हो।
ओपनर कुशल भुर्तेल ४ बलमा दुई रन बनाएर आउट भए। त्यस्तै, अर्का ओपनर विनोद भण्डारी २२ बलमा ४२ रन जोड्दै आउट भए।
हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा जारी खेलमा नेपालले सातौँ ओभरको खेल चलिरहँदा ६६ रन बनाएर खेलिरहेको छ।
अहिले कप्तान रोहित पौडेल र आरिफ शेखले ब्याटिङ गरिरहेका छन्।
60
Shares
प्रतिक्रिया