सुरुवातमै नेपाल ३–० ले पछि परेको हो। अस्ट्रेलियाका लागि जेमी मकलरेनले खेकलो छैठौं मिनेटमा सुरुवाती गोल गर्दा उनैले खेलको १९ औं मिनेटमा दोस्रो गोल गरेका हुन्।
तेस्रो गोल २३ औं मिनेटमा ह्यारी साउटरले गरेका हुन्।
यतिबेला अष्ट्रेलियाको स्टेडियम क्यानबेरामा खेल भइरहेको छ। नेपालको प्रदर्शन कमजोर देखिएको छ।
अष्ट्रेलिया फिफा वरियतामा ४४ औं स्थानमा रहेको टोली हो भने नेपाल १ सय ६१ औं स्थानमा रहेको टोली हो।
ग्रुब बी अन्तर्गतको अंक तालिकाअनुसार कुवेत यस समूहमा २ खेल खेलेर ३ अंकसहित शीर्ष स्थानमा छ। एक खेलबाट ३ अंक जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा छ।
१ खेलबाट ३ अंक भएको जोर्डन तेस्रो स्थानमा छ भने २ खेलबाट ३ अंक बटुलेको नेपाल चौथो स्थानमा छ। २ खेलमा शुन्य अंक भएको चाइनिज ताइपेइ समूहको अन्तिम स्थानमा छ।
3
Shares
प्रतिक्रिया