फुटबल विश्व यतिबेला चमत्कारी खेलाडी डिएगो म्याराडोनाको शोक मनाइरहेको छ।
बार्सिलोनाका खेलाडी लियोनल मेस्सीले आइतबारको खेलमा गोल गरेपछि अर्जेन्टिनी क्लब न्युअल्स ओल्ड ब्वाइजको जर्सी देखाएर म्याराडोनालाई श्रद्धाञ्जली दिएका छन्। जसलाई धेरैले मर्मस्पर्शी भनेका छन्।
लालिगामा ओसासुनाविरुद्ध बार्सिलोनाको चौथो गोल मेस्सीले गरेका थिए। गोलपछि मेस्सीले बार्साको जर्सी खोले। भित्र उनले अर्जेन्टिनाको ओल्ड ब्वाइज क्लबको १० नम्बरको जर्सी लगाएका थिए।
म्याराडोनाले १९९० को दशकमा ओल्ड ब्वाइजमा रहँदा त्यही जर्सी लगाएका थिए। मेस्सी पनि स्पेन आउनुअघि सोही क्लबमा खेल्थे।
— تغطية (@RmdFCB05) November 29, 2020ستبقى خالداً ♥ #RIPMaradona pic.twitter.com/pXbJlHbyem
खेल सुरु हुनुअघि पनि बार्सिलोनाले म्याराडोनाको सम्झनामा मौनधारण गरेको थियो। ओसासुनाविरुद्धको खेल बार्सिलोनाले ४–० अन्तरले जितेको छ।
म्याराडोनाको गत बुधबार अर्जेन्टिनामा हृदयघातका कारण निधन भएको थियो। एजेन्सी
Shares
प्रतिक्रिया