गएको एक दशकमा यी क्लबहरुमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आवद्ध थिए। रियल मड्रिडमा रोनाल्डो र बार्सामा मेस्सी थिए।
यतिबेला मेस्सी बार्सामै छन् तर रोनाल्डो भने इटालिएन क्लब युभेन्टसमा छन्। ला लिगामा दुवै खेलाडी हुँदा क्लबका खेलहरु निकै रोमान्चह हुन्थे।
रोनाल्डो र मेस्सी नै लगातार ला लिगा र युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बन्थे।
त्यसबखत रियल मड्रिडले मेस्सी र रोनाल्डोलाई एकै क्लबबाट खेलाउने प्रयास गरेको थियो। रियल मड्रिड मेस्सीलाई अनुबन्ध गर्न चाहन्थ्यो।
स्पोर्ट बाइबलकाअनुसार सन् २०१३ मा मड्रिडले मेस्सीलाई २५० मिलियन युरोको प्रस्ताव गरेको थियो। प्रस्तावअनुसार मेस्सीले हरेकहप्ता ४ लाख ५० हजार युरो तलब पनि प्राप्त गर्दथे।
मड्रिड मेस्सीलाई सबैभन्दा महँगो खेलाडीको रुपमा क्लब भित्र्याउन चाहन्थ्यो। तर मेस्सीले मड्रिडको प्रस्तावलाई सिधै अस्वीकार गरेका थिए।
मेस्सीले भनेका थिए,‘समय बर्बाद नगरौं।’ मेस्सीले आफूलाई अनुबन्ध गर्ने सोच बनाएर समय बर्बाद नगर्न र आफूले मड्रिडबाट कहिल्यै नखेल्ने बताएका थिए।
Shares
प्रतिक्रिया