ad ad

खेल


यूएईबाट भारत फर्किए सुरेश रैना, आइपीएल नखेल्ने

यूएईबाट भारत फर्किए सुरेश रैना, आइपीएल नखेल्ने

नेपालखबर
भदौ १३, २०७७ शनिबार ७:६,

इन्डियन प्रिमियर लिग(आइपीएल) खेल्न यूएई पुगेका चेन्नाई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैना भारत फर्किएका छन। 

व्यक्तिगत कारणले भारत फर्किएका उनले यस सिजनको आइपीएल नखेल्ने भएका छन।

चेन्नाईका सिईयो कासी विश्वनाथनले रैना भारत फर्किएको पुष्टि गर्दै उनी र उनको परिवारलाई टोलीको पूर्ण साथ रहने बताएका छन।

रैना भारत फर्किएपछि चेन्नाईका लागि अर्को धक्का लागेको छ। यसअघि शुक्रबारमात्रै टोलीमा रहेका १० जनामा कोरोनाभाइरस पुष्टि भएको थियो।

एक भारतीय टोलीका खेलाडीसहित नेट बलर र सर्पोटिङ स्टाफलाई संक्रमण पुष्टि भएपछि चेन्नाईको प्रशिक्षण पछाडि धकेलिएको छ। 

२००८ मा आइपीएल सुरु भएयता रैना चेन्नाईका लागि महत्वपूर्ण खेलाडी रहँदै आएका छन। उनले हालसम्मका कुनै संस्करण पनि छुटाएका थिएनन। 

उनी आइपीएलको इतिहासमा दोस्रो सर्वाधिक स्कोरर पनि हुन। बिराट कोहली(५४१२) पछि उनले आइपीएलमा ५३६८ रन बनाएका छन। 

यसै महिनाको सुरुवातमा रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत सन्न्यास घोषणा गरेका कारण आइपीएलमा उनको खेल खेल्न धेरै लालायित थिए।

आइपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदैछ। पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नाईबीच हुने भएपनि बाँकी खेलको तालिका भने सार्वजनिक गरिएको छैन।  

भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले यसपटक यूएईमा आइपीएल आयोजना हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .