स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका प्रशिक्षक समेत रहेका पूर्वराष्ट्रिय च्याम्पियन थापाले आइतबार आफूलाई कोरोना देखिएको बताएका हुन्।
स्क्वासका सदस्य तथा नेपाल स्क्वास एन्ड र्याकेट्स संघका उपाध्यक्षलाई बिहीबार पोजिटिभ देखिएपछि उनले शनिबार स्टार अस्पताल पुगेर परीक्षण गराएका थिए।
स्क्वासले केही दिनयता, आफ्ना सदस्यहरुका लागि प्रशिक्षण तथा खेल्न कोर्ट खुल्ला गरेको थियो। अहिले स्क्वास हल पूर्ण रुपमा बन्द गरिएको छ।
प्रशिक्षक थापा सातदोबाटोस्थित स्क्वास भवनको एक फ्लोरमा क्वारेन्टिनमा बसिरहेका छन्। कोरोना पोजिटिभ देखिएपछि थापाले आफ्नो स्वास्थ्य सामान्य रहेको र आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताएका छन्।
प्रतिक्रिया