युवा खेलाडी एथन न्वानेरीले दुई गोल गरेपछि आर्सनलले इङ्लिस लिग कपमा लिग वन क्लब बोल्टनलाई सहजै पराजित गरेको छ।
बुधबार राति भएको तेस्रो चरणको खेलमा आर्सनलले बोल्टनमाथि ५–१ को फराकिलो जित दर्ता गरेको हो।
आर्सनलका लागि न्वानेरीले दुई गोल गरे। १६ वर्ष ७२ दिनका न्वानेरीले क्लबलका लागि सिनियर खेल खेल्ने कान्छा खेलाडी हुन्। सन् २०२२ मा वैकल्पिक खेलाडीका रुपमा आर्सनलमा डेब्यु गर्दै उनी प्रिमियर लिगका सबैभन्दा कान्छा खेलाडी बनेका थिए। त्यो बेला उनी १५ वर्ष १ सय ८१ दिनका थिए।
खेलको १६ औँ मिनेटमा राइसको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। न्वानेरीले खेलको ३७ र ४९ औँ मिनेटमा गोल गर्दै आर्सनलको अग्रता फराकिलो पारेका थिए।
खेलको ५३ औँ मिनेटमा बोल्टनका आरोन कोलिन्सले गोल फर्काउँदै गोल अन्तर कम गरेका थिए। तर खेलको ६४ औँ मिनेटमा स्ट्रलिङको गोलमा आर्सनललाई ४–१ को अग्रता दिलाए।
७७ औँ मिनेटमा काइ हाभर्टको गोलमा आर्सनल ५–१ को अवस्थामा आयो। जितसँगै आर्सनल चौथो चरणमा पुगेको छ।
Shares
प्रतिक्रिया