ad ad

खेल


महिला फुटबल कप्तान एञ्जिलाले युरोपियन लिग खेल्ने, ग्रिसेली क्लबसँग भइन् आबद्ध

महिला फुटबल कप्तान एञ्जिलाले युरोपियन लिग खेल्ने, ग्रिसेली क्लबसँग भइन् आबद्ध

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १२:५९, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा पहिलो रोजाइकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। 

एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि आबद्ध भएकी हुन्।

एञ्जिलाले दक्षिण एसियाली क्षेत्रबाहिर पहिलो पटक खेल्न लागेकी हुन्। एञ्जिलाले यसअघि भारतमा दुई सिजन र पाकिस्तानबाट एक सिजन लिग खेलेकी छिन्। 

नेपालबाट युरोपियन लिग खेल्ने एञ्जिला दोस्रो खेलाडी बन्नेछिन्। यसअघि राष्ट्रिय टोली र‌ एपीएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले  फ्रान्सको शीर्ष डिभिजनको क्लब एन अभान्टा ग्वेङगाम्पबाट लिग खेल्ने तयारीमा छिन्। फ्रान्सको क्लबमा उनको दोस्रो सिजन हो।

क्लबमा आबद्ध भएपछि एञ्जिलाले एकदमै खुसी लागेको बताइन्। 

‘युरोपमा खेल्नका लागि प्रयास गरिरहेको थिए तर विश्वास लागेको थिएन मौका पाउँछु भनेर अहिले मौका पाएको छु, राम्रो गर्ने प्रयास गर्नेछु’, उनले भनिन्।  

लिगका लागि उनी कहिले ग्रिस जान्छिन् भन्ने अहिले नै एकीन छैन।

उनले थपिन्, ‘भिसा आउन समय लाग्छ जस्तो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .