फ्रान्समा जारी पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धन क्वार्टरफाइनलमा पराजित भएकी छन्।
शुक्रबार भएको क्वार्टरफाइनलमा पलेसा ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भइन्।
के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको प्रतिस्पर्धामा दश सेकेन्डमा पलेसाले २–० को अग्रता बनाएकी थिईन्। तर ५६ सेकेन्ड बाँकी रहँदा पलेशासँग ८–३ को स्पष्ट अग्रता रहेपनि अन्तिम ५ सेकेण्डमा त्यसलाई जोगाउन नसक्दा हार भोगिन्।
ब्राजिलियन सिल्भानाले ६ अंक बडी किक र १ अंक पेनाल्टीबाट प्राप्त गरिन्।
पलेसाले अब रिपाचेज मार्फत कास्य पदकका लागि स्पर्धा गर्नेछिन्।
यसअघि पलेसाले आजै भएको पहिलो खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पाखा लगाएकी थिईन्।
30
Shares
प्रतिक्रिया