बास्केटबल खेलाडी अनुसा मल्लले ग्रिसको ओलम्पियामा हुने ६४ औं ‘योङ ओलम्पिक एम्बेसडर’ महोत्सवमा भाग लिने भएकी छन्।
महोत्सवमा समाजमा खेलाडीको भूमिकाबारे छलफल हुनेछ। त्यस क्रममा खेलाडीले ओलम्पिक मूल्य र मान्यताबारे बुझ्ने छन्।
यस्तै अन्य सहभागीलाई नेपालको खेलकुदको स्थितिबारे जानकारी दिनेछिन्।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक समारोहबीच खेलाडीलाई बिदाइ गरे।
कार्यक्रम जुन ८ देखि २१ सम्म हुनेछ र यसमा विश्वभरीका २०–४० वर्षका युवा खेलाडीको सहभागिता रहनेछ।
ओलम्पिकको सुरुआत ग्रिसबाट भएको इतिहास छ र आधुनिक ओलम्पिकको पहिलो संस्करण ग्रिसमै सन् १८९६ मा भएको थियो।
12
Shares
प्रतिक्रिया