ad ad

खेल


राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई निरन्तरता

राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई निरन्तरता

नेपालखबर
जेठ २१, २०८१ सोमबार १६:११, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई निरन्तरता दिएको छ। 

एन्फाले सोमबार सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षकमा निरन्तरता दिएको जानकारी दिएको हो। 

यस्तै टोलीको सहायक प्रशिक्षकमा भगवती थापा नियुक्त भएकी छिन्।

थापाले यसअघि नेपालको उमेर समुहमा मुख्य प्रशिक्षकको भूमिका निभाइसकेकी छिन्। यस्तै टोलीको गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जनलाई नियुक्त गरेको छ। 

टोलीको व्यवस्थापकमा वृन्द्रा देवानलाई नै निरन्तरता दिएको छ। टिम डाक्टरमा ज्योति राई र फिजियोमा नविना श्रेष्ठ छन्। 

उनीहलाई एन्फा महासचिव किरण राईले सोमबार नियुक्तिको पत्र दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .