एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्सलटेन्सी प्रा.लिले राष्ट्रिय फुटबल टोली तथा एपीएफ क्लबकी फरवार्ड सविता रानामगरलाई नगदसहित सम्मान गरेको छ।
प्रालिका अध्यक्ष अभिषेक कोइराला र म्यानेजर स्रदिप प्रधानले सोमबार सवितालाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
गत फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेको भन्दै प्रालिले सवितालाई नगदले सम्मान गरेको हो।
सविताले जोर्डनविरुद्धको फाइनलमा सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन्। उनको प्रर्दशनबाट खुसी भएको भन्दै नगदसहित सम्मान गरेको अध्यक्ष कोइरालाले बताए।
वाफ च्याम्पियनसिपमो फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो। निर्धारित समय २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
246
Shares
प्रतिक्रिया