इंग्ल्यान्डको सी टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन्।
फिफा विश्वकप तथा एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले अर्को साता इङल्याण्डको सी टोलीसँग मैत्रीपुर्ण खेल खेल्दै छ।
मैत्रीपूर्ण खेल आगामी १७ गते हुनेछ। टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम गर्दै विदाइ गरेको छ।
अन्तिम टोली
गोलरक्षकः किरण कुमार लिम्बु, अविशेक बराल, विशाल सुनार
डिफेन्डरः छिरिङ लामा, सनिस श्रेष्ठ, अविशेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द
मिडफिल्डरः फत्तेमान घले, मनिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु
फरवार्डः दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट
Shares
प्रतिक्रिया