सुदूरपश्चिम प्रदेश केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डमा पहिलोपटक टिम च्याम्पियन बनेको छ।
बिहीबार सम्पन्न १४औं रनिङ सिल्डमा १९ स्वर्ण, १२ रजत र १८ कास्य पदक जित्दै सुदूरपश्चिम टिम च्याम्पियन बनेको हो।
यस्तै १७ स्वर्ण, १३ रजत र १५ कास्य पदक जितेर बागमती प्रदेश दोस्रो भयो भने १० स्वर्ण, ५ रजत र १६ कास्य पदकका साथ कर्णाली प्रदेश तेस्रो भयो।
८ स्वर्ण, ९ रजत र ९ कास्य पदक जितेर कोशी प्रदेश चौथो स्थानमा रह्यो। अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी प्रदेश भने यसपटक पाँचौँ स्थानमा सीमित भयो।
लुम्बिनीले ६ स्वर्ण, ११ रजत र १८ कास्य पदक जित्यो।
यसैगरी ३ स्वर्ण, १० रजत र १३ कास्य जितेर गण्डकी प्रदेश छैटौँ तथा ३ स्वर्ण, ६ रजत र ९ कास्य पदकका साथ मधेस प्रदेश सातौँ स्थानमा रहे।
प्रतियोगितामा सात प्रदेशबा ६ सय ८६ खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो।
Shares
प्रतिक्रिया