एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेल ८ ओभरमा झारिएको छ।
नेपाल र साउदी अरेबियाबीचको खेलमा १२ ओभर घटाइएको हो। अम्पायरहरुले पिच निरीक्षण गरेपछि दुवै टोलीको सहमतिमा खेल ८ ओभरमा झारिएको हो।
छोट्याइएको खेलमा टस भइसकेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ २ मा खेल सुरु भएको छ।
मैदान चिसो भएकाले ढिला गरी सुरु भएको हो। नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ।
आजको खेलमा टोलीमा एक परिवर्तन गरिएको छ। सोमपाल कामीको स्थानमा प्रतिश जिसी आएका छन्।
नेपालको सुरुवाती ११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, प्रतिश जिसी, अविनास बोहोरा र ललित राजवंशी
459
Shares
प्रतिक्रिया