एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत बरोडाले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा टस जितेर ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको हो।
नेपालका लागि गुल्सन झा र करण केसीले समान २ विकेट लिए।
ललित राजवंशी र प्रतिश जिसी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे।
171
Shares
प्रतिक्रिया