आयरल्यान्ड एविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपाल एले पहिले फिल्डिङ गर्ने भएको छ।
शुक्रबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीका कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
सिरिजको पहिलो खेलमा २१ रनले पराजित नेपाली टोली आजको खेल जितेर सिरिज बराबरी गर्न चाहन्छ। उता आयरल्यान्डको टोली भने एक खेलअगावै सिरिज आफ्ना पक्षमा पार्ने योजनामा छ।
नेपाली टोलीले अघिल्लो खेलबाट आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। ओपनर अर्जुन कुमालको स्थानमा नरेन भट्ट सुरुवाती ११ मा समेटिएका हुन्।
नेपालको सुरुवाती ११ः
विनोद भण्डारी, देव खनाल, नरेन भटट्, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, ् साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल ऐरि, मौसम ढकाल,
बेन्चमा: अर्जुन कुमाल, रन्जित कुमार, रुपेश सिंह र विकास अग्री।
Shares
प्रतिक्रिया