हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) लाई नेपालले जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाउन सक्यो।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले।
भुर्तेलले ३९ बलमा चाररचार छक्का र चौकाको मद्दतमा ५९ रन बनाए। सन्दीले २६ बलमै चार छक्का र तीन चौका मद्दतमा ५६ रन बनाए।
विनोद भण्डारी २७ र लोकेश बम १४ रनमा आउट हुँदा विवेक यादव १९ तथा गुलशन झा १५ रनमा अविजित भए।
324
Shares
प्रतिक्रिया