एक्स्ट्राटेक ओभल प्रालिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पहिलो पुस्ताका महिला र पुरुष खेलाडीलाई सम्मान गरेको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटनको पूर्वसन्ध्यामा १३ पुरुष र ३ महिला खेलाडीलाई सम्मान गरेको हो।
सन् १९९६ को पहिलो पुस्ताका लेखबहादुर क्षेत्री, जगत टमाटा, सन्जय गुरुङ, पुकार पन्त, किरण राणा, दिपेश बराल, वसन्त शाही ठकुरी, पवन अग्रवाल, विशाल गुप्ता, राजु खड्का, मुसाफर इजार, मनिषराज पाण्डे, सुनोज भट्टराई, अरुण अर्याल सम्मानित भए। कार्यक्रममा कप्तान उत्तम कर्मचार्य, टिम म्यानेजर टिवी शाह र शशी पाण्डे भने उपस्थित भएनन्।
महिला टोलीका ममता थापा, नितु थापा, निरा राजोपाध्याय र सीता रानामगर सम्मानित भए।
उनीहरुलाई एक्स्ट्राटेक ओभल प्रालिका विनोद कुवँर र तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाडले सम्मान गरेका थिए।
Shares
प्रतिक्रिया