मन्जुश्री ट्रेल रेसको चौथो संस्करण आगामी चैत्र अन्तिम साता हुने भएको छ।
एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा आयोजना हुन लागेको चौथो संस्करण आगामी २३ गते हुने भएको छ।
यसका लागि आवेदन खुला भएको आयोजक मन्जुश्री ट्रेल रेसले जनाएको छ। अहिले सम्म १० देशबाट १३० खेलाडीले नाम दर्ता गराइसकेका छन्।
मन्जुश्री ट्रेल रेसको १०० माइल र १०० किलोमिटरको उत्कृष्ट ५ जनालाई एसिया ट्रेल मास्टर्समा सहभागि गराइनेछ।
ट्रेल रेसको चौथो संस्क्रणमा चाइन, फ्रान्स आदि देशका विश्व वरियातामा उच्च स्थानमा रहेका खेलाडी सहभागी हुने मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए।
मञ्जुश्री ट्रेल रेसको आयोजना मञ्जुश्री ट्रेल रेस नामक गैरसरकारी संस्थाले गर्दै आएको छ।
यसअघि सन् २०२३ को रेसको चार चरणमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना धावक सहभागी थिए। जसमा ६ि९ जना पुरुष र १९ जना महिला थए।
इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटीआरएबाट ६ अङ्क प्राप्त गर्छन्।
जुन आइटीआरए सम्बन्धित न्युनतम् योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ।
१ सय ७० किलोमिटर रेसमा प्रथम हुनेले ६० हजार र दोस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्छन्। तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने अयोजकले जनाएको छ।
१ सय किलोमिटर रेसमा पहिलो हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
५० किलोमिटर रेसमा प्रथम हुनेले ३० हजार, दोस्रोले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्। केभिआर १०० स्टेज रेसको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन्।
Shares
प्रतिक्रिया