हङकङसँगको जारी मैत्रीपूर्ण खेलमा नेपालले चौथो सफलता हात पारेको छ। हङकङमा जारी खेलमा नेपालका खेलाडी प्रतिस जिसीले तेस्रो विकेट लिँदै नेपाललाई सफलता दिलाए।
खेलको १२.४ ओभरको खेल चलिरहँदा गुल्सन झाको बलमा जिसीले हङकङका अन्शुमान राथलाई आउट गरे।
त्यस्तै खेलको १३.३ ओभरमा राशिद खानले जामी अट्किन्सनलाई आउट गरे।
यसअघि आरिफ शेख र आकाश चन्दले दुई विकेट लिएका थिए। शेखले तेस्रो ओभरको दोस्रो बलमा हङकङका निजाकत खान र चन्दले मार्टिन कोट्जीलाई प्रतिश जिसीको हातबाटै आउट गराएका थिए।
पहिले ब्याटिङको निम्तो पाएको हङकङले १३.४ ओभरमा १ सय १९ रन बनाएर खेलिरहेको छ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलि (फागुन २७)देखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुँदै छ।
त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको हो।
Shares
प्रतिक्रिया