ad ad

खेल


एकै ओभरमा नेदरल्यान्ड्सले गुमायो दुवै ओपनर

एकै ओभरमा नेदरल्यान्ड्सले गुमायो दुवै ओपनर

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन २२, २०८० मंगलबार १४:३, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा घरेलु टोली नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले उत्कृष्ट सुरुवात गरेको छ।

नेदरल्यान्ड्सका ओपनरको जोडीले ताजा अवस्थामा टिमको स्कोर ८ ‌ओभरमै ८३ रनमा पुर्‍याइसकेका थिए। तर उनीहरू दुवैजना त्यसपछि केवल २ रन बनाउँदै पेभेलियन फर्किएका छन्। 

नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा ५१ रनसहित अर्धशतक पूरा गरेका थिए। उनी अहिले २९ बल खेल्दै ५४ रनको अवस्थामा क्याच आउट भए।

उनलाई खेलको ८.५ ओभरमा कुशल मल्लको बलमा कप्तान रोहित पौडेलले क्याच आउट गराएका छन्। २९ बलमा ६ चौका र ३ छक्का हानेका लेविट रोहितको हातबाट क्याच आउट भए। 

उनीसँग गतिलो साझेदारी गरेका म्याक्स डाउड २२ बलमा २२ रन बनाउँदै आउट भए। उनलाई ८.१ ओभरमा कुशल मल्लले दीपेन्द्रसिंह एरीको हातबाट क्याच आउट गरे। 

जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले उत्कृष्ट सुरुवात गरेको थियो। 

पहिलो विकेटका लागि डाउड र माइकल लेविटले ८३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उतकेष्ट सुरुवात दिलाएका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि ओपनर आरशिफ शेखले बनाएको ४७ रन नै सर्वाधिक रह्यो।

३७ बलमा १ चौका र ३ छक्का मद्दतमा ४७ रन बनाएका आशिफ चौधौँ ओभरको चौथो बलमा ४७ रन बनाउँदा माइकल लेविटको बलमा एलबीडब्लु धरापमा परे।  

गुलशन झा ३४ रन बनाउँदा क्याच आउट भए। २५ बलमा ३ छक्का हानेका गुल्सन १९ औँ ओभरको पहिलो बलमा आउट हुन पुगे। 

कुशल मल्ल २६ रन बनाउँदा क्याच आउट भए। 

कप्तान रोहित पौडेल २५ रन बनाउँदा क्याच आउट भए। १९ बलमा ३ चौका र १ छक्का हानेका रोहित दशौँ ओभरको दोस्रो बलमा विकेट किपरको हातबाट आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .