त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध घरेलु टोलीलाई दोस्रो सफलता मिलेको छ।
जारी खेलमा करण केसी र रोहित पौडेलले १/१ विकेट लिएका हुन्।
छैटौँ ओभरको पाचौँ बलमा करण केसीले ओपनर माइकल भान लिंगेनलाई गुल्सन झाको हातबाट क्याच आउट गराएका थिए।
त्यसैगरी ९ ओभरको दोस्रो बलमा ११ रन बनाएका नामिबियाका जेपी कोट्जेलाई पौडेलले विवेक यादवको हातबाट क्याच आउट गराए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नामिबियाले ९ ओभरमा २ विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ।
270
Shares
प्रतिक्रिया