प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगितामा मधेस प्रदेशले कर्णालीलाई पराजित गरेको छ।
पहिले ब्याटिङ गर्दै मधेसले ९ विकेटको क्षतिमा २३१ रन बनाएको थियो। २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमै अलआउट हुँदा १७० रन मात्र बनाउन सक्यो।
मधेसका लागि हरिशंकर शाह र मयन यादवले अर्धशतकीय पारी खेलेका थिए। अनिलकुमार साहले ४४ रन बनाए।
कर्णालीका लागि भने अर्जुन घर्तीले ५८ रन बनाए भने दिनेश अधिकारीले ३३ रन।
मधेसलाई फराकिलो जित दिलाउन राजेश यादवले ३ विकेट लिए भने प्रदीप पासवानले २।
जितसँगै मधेश अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ। सुदूरपश्चिम शीर्ष र बागमती दोस्रो स्थानमा छन्।
21
Shares
प्रतिक्रिया