भारतमा जारी आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९३ रनले हराएको छ।
३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २ सय ४४ रनमा अलआउट भयो।
पाकिस्तानको सुरुआत राम्रो हुन सकेन। कप्तान बाबर आजमले सर्वाधिक ३८ रन बनाए भने हरिस रउफले दोस्रो सर्वाधिक ३५ रन बनाए।
यो जितसँगै इंग्ल्यान्डको टोली सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि पनि छनोट भएको छ।
सन् २०२५ को च्याम्पियन्स ट्रफीमा आठ टोलीले खेल्नेछन्। उक्त प्रतियोगितामा आयोजक पाकिस्तानसहित विश्वकप अंक तालिकाका शीर्ष ८ टोली समावेश हुनेछन्।
141
Shares
प्रतिक्रिया