ad ad

खेल


नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालोपट्टी बाँधेर फाइनल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालोपट्टी बाँधेर फाइनल खेल्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार १०:३६, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानविरुद्धको फाइनल खेल कालोपट्टी बाँधेर खेल्ने भएका छन्। 

शुक्रबार मध्यराति जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा नेपाली टोलीले कालोपट्टी बाँधेर खेल्न लागेको हो।

टोलीले पाखुरामा कालोपट्टी बाँधेर खेल्न लागेका हुन्। 

नेपाल क्रिकेट संघले आजको खेलमा टिकट बिक्रीबाट आएको ५० प्रतिशत रकम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने घोषणा गरिसकेको छ। 

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपालले सेमिफाइल खेलेको टोलीबाट आजको खेलमा एक परिवर्तन गरेको छ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरा टोलीमा फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .