नेपाल भलिबल संघले प्रादेशिक भलिबल रेफ्री दावा लामालाई नगद सहित सम्मान गरेको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका दावालाई संघले बिहिबार काठमाडौमा सम्मान गरेको हो। लामाले हस्तलिखित नेपाल भलिबल एसोसिएसन र एफआइभिवी लेखेको पम्प्लेट सगरमाथामा पुर्याएका थिए।
त्यसको सम्मान स्वरुप संघले शेर्पालाई २५ हजार रुपैयाँ र सम्मान पत्र दिएर सम्मान गरेको हो।
सम्मनित भएपछि शेर्पाले भने, ‘मलाई सगरमाथाको चुचुरोमा भलिबल पुर्याउने योजना थियो तर त्यो सम्भव नभएपछि मैले बीचमा पुगेपछि आफैँले हातले लेखेर यो पुर्याए। म आफु भलिबल खेलाडी र रेफ्रि भएको कारण भलिबलको कारण नै केही गरूँ भन्ने भयो।’
24
Shares
प्रतिक्रिया