सहिद स्मारक ए डिभिजन लिगमा सोमबार हिमालयन शेर्पा र संकटा क्लबले बराबरी गर्दै अंक बाँडेका छन्।
दशरथ रंगशालामा भएको खेलमा शेर्पा र संकटाले एक एक गोलको बराबरी गर्दै अंक बाँडे।
खेलको पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ५० औं मिनेटमा विश्वास श्रेष्ठको क्रसमा अबायोमी फाकुन्लेको हेडरलाई म्यानुएल नानाले पोष्टको जाली चुमाए।
खेलको ७२ औं मिनेटमा संकटाले पेनाल्टी पाउँदा बराबरीमा फर्कियो। पेनाल्टी एरियामा सुशील राईले आयुष घलानलाई लडाएपछि संकटाले पेनाल्टी अवसर पाएको थियो। सोही मौकालाई आयुषले खेर जान दिएनन्। र संकटालाई बराबरीमा ल्याए।
बराबरीसँगै शेर्पा २२ अंकमा नवौं र संकटा २१ अंकमा ११ औं स्थानमा छ।
45
Shares
प्रतिक्रिया